संसदीय समितिमा फेरि उठाइयो तारागाउँ विकास समितिको जग्गामा भ्रष्टाचारको सवाल

संसदीय समितिमा फेरि उठाइयो तारागाउँ विकास समितिको जग्गामा भ्रष्टाचारको सवाल

अर्थ चौतारी

संसदीय समितिमा फेरि उठाइयो तारागाउँ विकास समितिको जग्गामा भ्रष्टाचारको ...

A A- A+

काठमाडौं । होटेल हायात रहेको तारागाउँ विकास समितिको जग्गासम्बन्धी विषय फेरि संसदीय समितिमा प्रवेश गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसदहरूले तारागाउँलाई भ्रष्टाचारको केन्द्र बनाइएको भन्दै प्रश्न गरेका हुन् । तीन दशकदेखि छलफल जारी रहे पनि समाधानको प्रयास नगरिएको उनीहरूले बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तारागाउँ विकास समितिको जग्गा हायातले हडप्न खोजेको भन्दै यसमा परिपक्व निर्णय आवश्यक भएको बताए । यसमा ठूलो ‘घोप्लाबाजी’ भएको भन्दै उनले सरकारको सेयर २२ बाट ९ प्रतिशतमा कसरी झर्‍यो भन्ने अध्ययन गरिनुपर्नेमा जोड दिए ।

“तारागाउँ विकास समिति राखेका छौँ । थुप्रै जग्गा छ, होटेल छ । सरकारका लागि बोझ भएको छ कि आर्जनको माध्यम भएको छ ? यसबारे जानकारी दिनुपर्छ,” उनले भने, “ककनी, नगरकोटछेउमा पनि रिसोर्ट छ, बेहाल छ । प्राइभेटलाई दिने भए दिनुपर्छ, नभए सरकारले अर्को काममा लगाउनुपर्छ । बोझको रूपमा राख्नु हुन्न ।”

हायातले हडप्ने प्रयास गरेको भन्दै उनले त्यसबारे सरकारको धारणा माग्नु आवश्यक भएको बताए । “हायातले हडप्न खोजेको छ । सरकारको २२ प्रतिशतबाट ९ प्रतिशतमा सेयर झारेको छ,” नेता नेपालले भने, “१५० रोपनी जग्गामा सरकारको धारणा के हो ? मन्त्रालयले के गर्न खोजेको हो ? स्पष्ट धारणा ल्याओस् ।”

उनले ठूलै भ्रष्टाचारको संकेत रहेको भन्दै मन्त्रालयको विस्तृत धारणा आवश्यक रहेकामा जोड दिए । “निकै ठूलो घोप्लाबाजी भएको कुरा आएको छ । त्यसकारण विस्तृत धारणा मन्त्रालयबाट आओस्,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?