जनताले बाटो खोज्दा सरकारले अवरोध खडा गर्‍यो भने त्यो लोकतन्त्र होइन, लाजतन्त्र हो : प्रकाश ज्वाला

जनताले बाटो खोज्दा सरकारले अवरोध खडा गर्‍यो भने त्यो लोकतन्त्र होइन, लाजतन्त्र हो : प्रकाश ज्वाला

अर्थ चौतारी

जनताले बाटो खोज्दा सरकारले अवरोध खडा गर्‍यो भने त्यो ...

A A- A+

काठमाडौं। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जनताले आफ्नो हक र अधिकारका लागि बाटो खोज्दा सरकारले त्यसमा अवरोध खडा गर्छ भने त्यो लोकतन्त्र नभई “लाजतन्त्र” भएको बताएका छन् ।

त्यस्तै यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ । आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’

गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए । तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे । राइड सेयरिङको पक्ष लिंदै उनले भने, ‘यो सम्झौता राम्रो भएन । के आधारमा गरियो ?’

उनले थपे, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा । विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तीजनक छ । यस ढंगले जनताले सेवा पाउँदैनन् ।’

‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?