नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी

अर्थ चौतारी

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी

A A- A+

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक–अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ ।

केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई नै कारबाही गरिएको दावी गरेका छन् ।  उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय शेर्पासँगै केन्द्रीय सदस्य परोपकार अधिकारीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

‘नेविसंघको विधान, २०२७ (संशोधन सहित) को धारा २४ ९२० तथा आचारसहिता, २०८१ को नियम १५ (क), (ग) र नियम ७ बमोजिमको व्यवस्थाबमोजिम अनुशासनको कारबाही गरी आजकै मितिबाट लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि आरआर क्याम्पसको स्ववियु निर्वाचनको विषयलाई लिएर अध्यक्ष शेर्पाले शाह र बिष्टलाई कारबाही गरेका थिए । शाह कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र बिष्ट गृहमन्त्री रमेश लेखकनिकट मानिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?