काठमाडौं– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । उन्मुक्ति पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन्।
यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ। चौधरीले भने, ‘सरकारले प्रतिशोध साँधेपछि हामीले सरकारबाट बाहिरिने तयारी गरेका छौँ. आज बेलुकासम्ममा निर्णय आउँछ।’ नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक राज्यमन्त्री छन्। उनले आजै राजीनामा दिने बुझिएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच