सुई लगाए लगत्तै कैलालीमा एक पुरुषको मृत्यु

सुई लगाए लगत्तै कैलालीमा एक पुरुषको मृत्यु

अर्थ चौतारी

सुई लगाए लगत्तै कैलालीमा एक पुरुषको मृत्यु

A A- A+

काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाटा शिविर स्थित दहित क्लिनिकमा सुई लगाए लगत्तै एक पुरुषको मृत्यु भएको छ । आज बिहान ९ः४० बजे तिर उपचारका लागि मेडिकल पुगेका सोही ठाउँका ३५ वर्षीय नीरज शाहीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।

उपचारको लागी मेडिकल पुगेका शाहीलाई दहित क्लिनिकमा कार्यरत ल्याब असिस्टेन्ट टिकापुर नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय महावीर चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको बताईएको छ ।

बिरामीको मृत्यु भएसँगै क्लिनिकमा कार्यरत ल्याब महावीर चौधरी फरार रहेका छन् । मेडिकल सञ्चालक भने कामको सिलसिलामा बाहिर रहेको बताईएको छ । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश अवस्थिले जानकारी दिए ।

सोमबार बिहान टाउको दुख्यो भनेर नीरज शाही मोटरसाइकल चलाएर उपचारका लागि दहित क्लिनिक पुगेका थिए । सो क्षेत्रका बासिन्दाहरू उपचारका लागि दहित मेडिकलमै जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?