काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यही वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। आयोजकले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण जानकारी सार्वजनिक गरेको हो।
महासचिव सुवर्ण श्रेष्ठका अनुसार पुरुष तर्फको हक्की प्रतियोगिता वैशाख १७ देखि २६ गतेसम्म र महिला तर्फको प्रतियोगिता वैशाख १८ देखि २६ गतेसम्म च्यासलस्थित फुटबल मैदानमा सञ्चालन हुनेछ। पुरुषतर्फ आठ समूहले सहभागिता जनाउनेछन् भने महिलातर्फ चार समूहबीच प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ मधेस, कर्णाली, गण्डकी, कोशी, बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र नवप्रवेशी एपिएफ क्लब सहभागी हुनेछन्। सहभागी टोलीहरू दुई समूहमा विभाजन गरिनेछन् र लिग कम नकआउट प्रारुपमा खेल सञ्चालन हुनेछ।
महिलातर्फ गण्डकी, मधेस, बागमती प्रदेश र नेपाल आर्मीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन्। शीर्ष दुई स्थानमा पुग्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका विजेता टोलीले रु ७५ हजार, उपविजेताले रु ५० हजार र तेस्रो हुने टोलीले रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु ५ हजार तथा प्रत्येक खेलको "प्लेयर अफ द म्याच" लाई रु २ हजार पुरस्कार प्रदान गरिनेछ।
महासचिव श्रेष्ठले प्रतियोगिता सञ्चालनका लागि पुरुषतर्फ करिब रु ३५ लाख र महिलातर्फ रु २५ लाख खर्च अनुमान गरिएको जानकारी दिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच