चितवनका फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार

चितवनका फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार

अर्थ चौतारी

चितवनका फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार

A A- A+

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।

चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?