काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ ।
काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको छ । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।
आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू-१९ विश्वकपमा छनोट हुने छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच