काठमाडौंमा भारी वर्षा, वाग्मतीमा जलसतहले पार गर्‍यो सतर्कता तह

काठमाडौंमा भारी वर्षा, वाग्मतीमा जलसतहले पार गर्‍यो सतर्कता तह

अर्थ चौतारी

काठमाडौंमा भारी वर्षा, वाग्मतीमा जलसतहले पार गर्‍यो सतर्कता तह

A A- A+

काठमाडौं । काठमाडौंको वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरू र वाग्मती कोरिडोरबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी आएको छ ।  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?