काठमाडौं, चैत ३ । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासि पड्किएको हो।
जिल्ला प्रहरी कार्यालयले सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका बताएको छ। उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको छ।
जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्। जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासि पड्किएको प्रहरीले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच