मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

अर्थ चौतारी

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

A A- A+

नुवाकोट, चैत्र २ । मोटरसाइकल दुर्घटनामा नुवाकोटको दाङसिङका एक युवकको ज्यान गएको छ । विदुर नगरपालिका-६ सिंचाई पुल नजिकै आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

तारकेश्वर गाउँपालिका-१ दाङसिंङका ३२ वर्षिय चतुरमान तामाङको शुक्रवार बेलुकी भएको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।तामाङले चलाएको बा४६प ८२५३ नम्बरको मोटरसाइकल बट्टारबाट दाङसिङतर्फ गइरहेकोमा त्रिशूल नदी किनारामा रहेको सिंचाइको पुल नजिकै विद्युतको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिए । उनका अनुसार मोटरसाइकल तिव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तामाङको शव त्रिशूली अस्पतालमा राखिएको छ भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?