ललिता निवास जग्गा प्रकरणः दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्चमा पुनरावेदन

ललिता निवास जग्गा प्रकरणः दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्चमा पुनरावेदन

अर्थ चौतारी

ललिता निवास जग्गा प्रकरणः दोषी ठहर भएका र सफाइ ...

A A- A+

काठमाडौं, २० फागुन । ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएकालाई बढी सजाय र सफाइ पाएकारुलाई दोषी ठहर गर्नुपर्ने मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । अख्तियार ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका ११० जनाविरुद्ध नै सर्वोच्चमा पुनरावेदन गएको हो । साथै, ६५ जना जग्गाधनीको जग्गा जफत हुनुपर्ने मागसमेत गरिएको छ ।

विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबीसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, मुकुन्द प्रसाद आचार्य, जगत प्रसाद पुडासैनी, धर्म प्रसाद गौतम, युक्त प्रसाद श्रेष्ठ, रुद्र कुमार श्रेष्ठ, पुष्पराज उपाध्याय, इन्द्रप्रसाद ढुङ्गाना, टिकाराम घिमिरे, टिका बहादुर बिसी, जीवनाथ पोखरेल, अर्जुन प्रसाद भण्डारी, मोहम्मद साबिर हुसैन, श्रीहरि पुडासैनी, श्याम कुमार क्षेत्री, हरिकृष्ण तिमल्सिना, कृष्णप्रसाद पौडेल, प्रकाश नारायण भट्ट, टंकनाथ पौडेललगायतलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारलाई समेत सो पुनरावेदन मु्द्दामा प्रतिवादी बनाइएको छ । उनलाई विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा सफाइ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?