आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या, शव एउटा बन्द सुटकेसभित्र फेला

आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या, शव एउटा बन्द सुटकेसभित्र फेला

अर्थ चौतारी

आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या, शव एउटा ...

A A- A+

विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ ।

भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ ।बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र फेला परेको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।

घटनापछि फरार रहेकी काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो ।काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो ।

छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो । उनले हत्या आफैँले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?