द हेग, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेगमाथि प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले शुक्रबार जवाफी हमला गर्दै यसले विश्वभर ‘न्याय र आशा’ प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ ।
“अमेरिकाले आफ्ना अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पु¥याउने कार्यकारी आदेश जारी गरेकोमा आइसिसी भत्र्सना गर्दछ,’ द हेगस्थित अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“अदालत आफ्ना कर्मचारीहरूको पक्षमा दृढतापूर्वक उभिएको छ र विश्वभरका अत्याचारका लाखौं निर्दोष पीडितहरूलाई न्याय र आशा प्रदान गर्न जारी राख्ने प्रतिज्ञा गर्दछ,” अदालतले भनेको छ ।
“हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अमेरिका र उसको सहयोगी इजरायललाई लक्षित गरी गरिएको ‘नाजायज र आधारहीन’ अनुसन्धानलाई लिएर आइसिसीको आलोचना गर्दै ट्रम्पले बिहीबार अदालतमाथि प्रतिबन्ध लगाएको थियो । उनले आइसिसीका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यका साथै अदालतको अनुसन्धानमा सहयोग पुर्याएका जोकोहीलाई पनि सम्पत्ति रोक्का गर्न र यात्रा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।
ती व्यक्तिहरूको नाम तत्काल सार्वजनिक गरिएको छैन तर ट्रम्पको नेतृत्वमा भएका यसअघिका अमेरिकी प्रतिबन्धहरूले अदालतका अभियोजकलाई लक्षित गरेको थियो।
“हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच