काठमाडौं– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मडुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।
अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ ।
सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच