काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयान दिन रुपन्देही अदालतमा हाजिर भएका छन् ।
लामिछाने बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस शुरू हुने उनले बताए ।लामिछाने श्रीमती निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका थिए लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहितगरी ४२ जनाविरुद्ध जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो ।
लामिछाने र पूर्वडीआइजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसूरमा पूरक र जितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच