काठमाडौं । गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू र पहिचानवादीले कालो झण्डा देखाएका छन् ।
आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं। ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । यता पहिचानवादीको तर्फबाट कालो झण्डा देखाउँदा केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच