काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक जारी रहेको छ । पार्टी सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको विषयमा छलफल गर्न आकस्मिक बैठक बसिरहेको बताइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणलगायतका अभियोगमा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो राति चितवनबाट पोखरा लगिएको थियो । लामिछानेलाई पोखरा लाने क्रममा यातनापूर्वक लगिएको, उनको डायरी खोसिएको र अमानवीय व्यवहार गरिएको रास्वपाको दाबी छ ।
लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरीको हिरासतमा छन् । सो क्रममा उनलाई कास्की हुँदै बुटवल, काठमाडौं र चितवनमा बयान गराइएको छ । उनी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका छन् । File Photo

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच