केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा सरकार निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल

केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा सरकार निर्माण हुन्छ: प्रधानमन्त्री दाहाल

अर्थ चौतारी

केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा सरकार निर्माण हुन्छ: प्रधानमन्त्री ...

A A- A+

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरे।उनले नकेपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताए।उनले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरणभन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताए।प्रधानमन्त्री दाहालले भने, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो। तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरणभन्दा बाहिर छैन, हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ। केन्द्रीय समीकरणभन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन।’उनले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताए। उनले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?