मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

अर्थ चौतारी

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

A A- A+

रुपन्देही । रूपन्देहीमा बेग्लाबेग्लै भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका डुम्रेको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको छ।

प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाईकल राती अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?