घुस लिएको आरोपमा बुद्धशान्तिका वडाअध्यक्ष ओलीलाई विप्लवका कार्यकर्ताले समाते

घुस लिएको आरोपमा बुद्धशान्तिका वडाअध्यक्ष ओलीलाई विप्लवका कार्यकर्ताले समाते

अर्थ चौतारी

घुस लिएको आरोपमा बुद्धशान्तिका वडाअध्यक्ष ओलीलाई विप्लवका कार्यकर्ताले समाते

A A- A+

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस लिएको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासहितले ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका हुन् ।

वडाअध्यक्ष ओलीले सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुस पनि प्रहरीकहाँ जिम्मा लगाइएको विप्लवका कार्यकर्ताले उल्लेख गरेका छन् ।

बिर्तामोडबाट नियन्त्रणमा लिइएका उनलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

बुद्धशान्तिका अध्यक्ष मनोज प्रसाईंले वडाअध्यक्ष ओलीलाई घुस लिएको आरोपमा विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको जानकारी आफूलाई आएको बताए ।

‘उहाँलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जानकारी पाएका छौँ’, उनले खबरहबसँग भने, ‘ प्रहरीकहाँ पुगिसकेकाले यसबारेमा अनुसन्धान हुँदै होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?