एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

अर्थ चौतारी

एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ ...

A A- A+

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढ्दै सुनको मूल्य तोलामा १ लाख ५८ हजार नाँघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हासम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । सो दिन एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?