प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

अर्थ चौतारी

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

A A- A+

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतसहित २ जना राजदूतविरुद्ध उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकको निर्णय बमोजिम संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गरेको हो ।

हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।

राजदूत सिफारिस भएकी लम्साल पराष्ट्र मन्त्रालयकी सचिव हुन् भने यादव पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?