सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

Ambulances arrive to American University of Beirut Medical Center (AUBMC) as more than 1,000 people, including Hezbollah fighters and medics, were wounded when the pagers they use to communicate exploded across Lebanon, according to a security source, in Beirut, Lebanon September 17, 2024. REUTERS/Mohamed Azakir

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

अर्थ चौतारी

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

A A- A+

बेरूत, लेबनान, ३ असोज । लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो घातक लहरले यसलाई अव्यवस्थित बनाएको छ ।

उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।

बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

एएफपिटिभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुहरूको अन्त्येष्टि समारोहमा विस्फोट हुँदा मानिसहरुको भागाभाग भएको देखाइएको छ ।

“वाकी टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्”, लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन ।हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले “इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा” पुर्याएको बताए ।मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीबार पेरिसमा भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनेछन् ।लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना “लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण“ भएको र यसले“व्यापक युद्धको सङ्केत“ दिने चेतावनी दिएको छ ।

हेजबुल्लाहले इजरायल “यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार” ठहराउदै बदला लिने वाचा गरेको छ ।विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताए ।हेजबुल्लाहको नजिकको एक स्रोतले पेजरहरू “भर्खरै आयात गरिएको” र “उपकरण तोडफोड” गरिएको देखिने जानकारी गराएको छ ।हालैका महिनामा लक्षित आक्रमणहरूमा धेरै सेना गुमाएपछि आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हेजबुल्लाहलाई यस आक्रमणले ठुलो झट्का दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?