अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार, क्रिकेटर प्रेमीमा छायो निराशा

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार, क्रिकेटर प्रेमीमा छायो निराशा

अर्थ चौतारी

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार, क्रिकेटर प्रेमीमा छायो निराशा

A A- A+

काठमाडौँ :  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

 

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ ९क्यान०ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। क्यानका सदस्य दुर्गा पाठकले सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘सन्दीप आजै अमेरिका जाने तयारी थियो । हामी यसबारेमा थप पहल गर्छौँ ।’

 

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै दिएको थियो ।यसअघि उनलाई गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। जिल्ला अदालतको आदेशसँगै उनलाई नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

 

पाँच महिनापछि सफाइ पाएका सन्दीपले अब आगामी जेठ तेस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने क्रिकेटप्रेमीमाझ चासो थियो । सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी क्यानले गरिहेकोथियो । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?