काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । शनिबार राती उनीहरु जुवाखालबाट पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका-१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान-४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।
शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
प्रहरीले छापा मार्दा उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच