‘खुस्मा’ ट्रेलर : धीरजको पखाईमा बसेकी उपासना

‘खुस्मा’ ट्रेलर : धीरजको पखाईमा बसेकी उपासना

अर्थ चौतारी

‘खुस्मा’ ट्रेलर : धीरजको पखाईमा बसेकी उपासना

A A- A+

काठमाडौं-  संविधान दिवसको दिन पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र वियोगलाई प्राथमिकता दिइएको छ । सशस्त्र द्वन्द्वको छायाँमा अंकुराएको एक जोडीको प्रेमलाई ट्रेलरले देखाउँछ ।सहरमा पढेर फर्किएकी अभिनेत्री उपासना सिंह ठकुरीको धीरजसँग माया बसेको छ । उपासनाको परिवारले अर्कै केटासँग विवाह गर्न खोजेपछि उनले धीरजसँग भागेर विवाह गर्छिन् । तर, आर्थिक समस्याले सशस्त्र युद्ध चर्किरहेको समयमा धीरज कमाउनका लागि विदेश जान्छन् । यसपछि बेपत्ता भएका श्रीमानलाई खोज्न उपासनाले गरेको सडक संघर्ष र पखाईलाई ट्रेलरले देखाएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा धीरज भावुक भएका थिए । आफूलाई साथ-सहयोग दिने व्यक्तिहरुलाई सम्झिने क्रममा उनी गहभरी भए । दुई वर्षको हुँदा तकसेरा गाउँबाट बेलायत गएको सम्झिँदै उनले आफ्नो जन्मथलो (तकसेरा)लाई चिनाउने इच्छा ‘खुस्मा’बाट केही हदसम्म पूरा भएकोमा खुसी व्यक्त गरे । ट्रेलर रिलिजपछि फिल्मको टिमसँग उनले केक काटेर जन्मदिन पनि सेलिब्रेट गरे ।

 

dhiraj magar and upasana shing thakuri (1)

अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगर लगायतले पनि अभिनय गरेका छन् । मगर समुदायको परिवेशमा फिल्म निर्माण भएको हो ।

फिल्मको निर्माताहरुमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह-निर्माताहरु मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्मातामा छन् । गोविन्द शाहीले वितरण गर्न लागेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगर स्वयंको शब्द रचना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?