एमाले नेताहरु प्रचण्ड निवासमा, मेयर शाहको परिपत्रबारे ध्यानाकार्षण

एमाले नेताहरु प्रचण्ड निवासमा, मेयर शाहको परिपत्रबारे ध्यानाकार्षण

अर्थ चौतारी

एमाले नेताहरु प्रचण्ड निवासमा, मेयर शाहको परिपत्रबारे ध्यानाकार्षण

A A- A+

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का नेताहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । दाहालको निवास खुमलटारमा पुगेर एमाले नेताहरुले आज भेट गरेका हुन् । एमाले बाग्मती प्रदेशका ईन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा पुगेका एमाले नेताहरुले नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जारी गरेको परिपत्रको विषयमा ध्यानाकार्षण गराएका हुन् ।

भेटमा सहभागी एमाले नेता भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको साथ र समर्थन रहने कुरा दाहालले विश्वास दिलाएको जनाएका छन् । दाहालसँगको भेटबारे तस्विर सार्वजनिक गर्दै भट्टराईले लेखेका छन्–

आज दिउँसो नेकपा (एमाले) बागमति प्रदेश ईन्चार्जको नेतृत्वमा काठमाण्डौ जिल्लाका ईन्चार्ज र पालिका ईन्चार्जहरु, जिल्लाका अध्यक्ष लगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाललाई भेटी हालै नदि किनारका जमिन र बस्तिका बिषयमा सर्बोच्च अदालतले गरेको फैसला र काठमाडौ महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षित गराउँदा सम्माननिय अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जान पर्ने बिषयमा सहमति जनाउदै उहाँको दलले यस किसिमको जनसरोकारबो बिषयमा आफ्नो दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जादाँ आफ्नो दलको समर्थन रहने कुरा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?