काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भनी कथा बनाइएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेसकै मेहनतमा वर्तमान सरकार बनेकाले महामन्त्रीद्वयको असन्तुष्टि रहेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका हुन् ।
‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ?’ उनले प्रश्न गरे ।
साथै, उनले फरक प्रसंगमा २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने ठोकुवा गरे । लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि एमाले बलियो शक्ति बन्न आवश्यक रहेको बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच