कुलमानले भने–रमेश खरेल चर्चामा आउन मविरुद्ध लागे, पदको दुरुपयोग गरेको छैन

कुलमानले भने–रमेश खरेल चर्चामा आउन मविरुद्ध लागे, पदको दुरुपयोग गरेको छैन

अर्थ चौतारी

कुलमानले भने–रमेश खरेल चर्चामा आउन मविरुद्ध लागे, पदको दुरुपयोग ...

A A- A+

काठमाडौं । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चर्चामा आउन दूषित मनसायले पूर्वडीआईजी रमेश खरेल आफूविरुद्ध सुनियोजितरूपमा लागेको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्तिमार्फत घिसिङले चर्चामा आउनकै लागि खरेलले सामाजिक सञ्जालमा गलत विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् ।“खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्यरूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ,” घिसिङले विज्ञप्तिमा भनेका छन् ।

खरेलबाट आफूविरुद्ध आफैँ न्यायिक निकायजस्तो बनेर दोषी करार गर्ने भएको उनको भनाइ छ । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नाले चर्चामा आउनु रहेको घिसिङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्ररूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रस्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्,” उनले विज्ञप्तिमा भनेका छन् । उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गर्दै भ्रममा नर्पन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?