कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने

अर्थ चौतारी

कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने

A A- A+

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।बैठकका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।महासमिति बैठकमा राखिएको महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटकसम्म सांसद बन्न पाउने प्रस्तावमा सभापति देउवाले परिमार्जन चाहेका छन् ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा छन् ।भोलि बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर पारित गर्ने सभापति देउवाको योजना छ । तर महामन्त्रीद्वय आफ्नो अडानबाट पछि नहटेपछि आज पदाधिकारी बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?