पोखरामा तायमचा नृत्य प्रतियोगिता

पोखरामा तायमचा नृत्य प्रतियोगिता

अर्थ चौतारी

पोखरामा तायमचा नृत्य प्रतियोगिता

A A- A+

गण्डकी– लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलिजुली नेवाः खल पोखरा–३३ बागमाराले सान्त्वना प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन  नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बने भने वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रूपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बनिन् । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?