पूर्वमन्त्री दीपक मनाङे सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै

पूर्वमन्त्री दीपक मनाङे सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै

अर्थ चौतारी

पूर्वमन्त्री दीपक मनाङे सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै

A A- A+

काठमाडौँ। सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले फिर्ता लिने प्रक्रिया अघि बढाएका छन् । पुनरावलोकनको निवेदनमाथि सुनुवाइ हुन समय लाग्ने देखेपछि उनले निवेदन फिर्ता लिन लागेका स्रोतले जानकारी दिएको छ।

सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता लिएर मनाङेले बाहिर बसेर मुद्दा लड्नलगायतका अन्य सेवा सुविधा माग गर्दै प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । उनले निवेदन फिर्ताका लागि अपिल गरेकोमा आज न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

मनाङे आफैँ इजलासमा उपस्थित भएका छन् भने उनको निवेदनमाथि केही बेरमा सुनुवाइ सुरु हुँदैछ । ज्यान मार्ने उद्योगमा २०८१ कात्तिक २० गते सर्वोच्च मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सर्वोच्चले उच्चकै फैसला सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएकोमा जिल्लाले फागुन २३ गते १ वर्ष कैद छुट दिने आदेश गरिसकेको छ । मनाङे २०८१ कातिकमा राजधानीको सानो भर्याङबाट पक्राउ परेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?