काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रूपमा दमाहा बजाएका छन् । गौरा पर्वको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवाले संयुक्तरूपमा दमाहा बजाएका हुन् । गौरा पर्वमा नाच्ने क्रममा दमाहा बजाउने चलन छ ।काठमाडौंमा बस्ने सुदूरपश्चिम क्षेत्रका नागरिकको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाइएको हो ।कार्यक्रममा पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, एमाले सचिव लेखराज भट्ट, नेता भीम रावललगायत सहभागी थिए ।पछिल्लो समय कांग्रेस र एमालेले मिलेर सरकार चलाएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच