असई पन्त र ट्राफिक हवल्दार बमलाई कारबाही गर्न माग

असई पन्त र ट्राफिक हवल्दार बमलाई कारबाही गर्न माग

अर्थ चौतारी

असई पन्त र ट्राफिक हवल्दार बमलाई कारबाही गर्न माग

A A- A+

कैलाली । कैलालीका प्रहरी सहायक निरीक्षक रामदत्त पन्त र ट्राफिक हवल्दार बिजय बमलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ कैलालीले माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले धनगढीका पत्रकार रमेश अयडीलाई सामान्य चेकजाँचमा हत्कडी लगाउने उनीहरुलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलाली समक्ष माग गरेको हो ।

शुक्रबार राति धनगढी बजारमा ट्राफिक चेकिङका एसटिएस टेलिभिजनमा कार्यरत पत्रकार अयडीलाई ट्राफिक प्रहरी बम र जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई पन्तको कमाण्डमा रहेको टोलीले सामान्य चेकजाँचमा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेको थियो ।

सो घटनाप्रति पत्रकार महासंघ कैलालीले घोर आपत्ति जनाएको छ । महासंघका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्तिमा ‘यस घटनामा संलग्न असई पन्त र ट्राफिक हवल्दार बमलाई आवश्यक अनुसन्धान गरि कार्वाहीका लागि अनुरोध गर्दछौँ,’  भनिएको छ ।

पत्रकार अयडीलाई सामान्य चेकजाँचका क्रममा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेपछि कैलाली प्रहरी पनि विवादमा तानिएको छ । पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीको काम सवारी आवतजावतलाई सहजीकरण गर्नु भन्दा पनि चेकिंङ र दण्ड दिने काम बढी भएको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?