उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

अर्थ चौतारी

उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : ...

A A- A+

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दसैँ अगावै उखु किसानहरूको रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका छन् ।

मन्त्रालयमा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उनले उखु किसानको समस्याका बारेमा आफू जानकार रहेको भन्दै दसैँ अगावै रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका हुन् ।

मन्त्री अधिकारीले १ अर्ब ३० करोड रुपैयाँ उखु किसानलाई उपलब्ध गराउन बाँकी रहेको पनि बताए । स्थानीय उत्पादन नलिने तथा बाहिरबाट उखु र उखुजन्य वस्तु खरिदलाई निरुत्साहित गर्ने गरी काम अघि बढाइएको पनि दाबी गरे ।

दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी, कपास विकास समिति, कृषि अनुसन्धान परिषद्का साथै मन्त्रालयको सांगठनिक संरचनाका लागि काम गरिने अधिकारीको भनाइ थियो ।

उनले रासायनिक मल खरिद प्रक्रियालाई छिटो–छरितो बनाउनुको साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा समेत आवश्यक गृहकार्य सुरु गरिएको बताए ।

‘स्थानीय तहमा रासायनिक मलको वितरण, अभाव र आवश्यकताको जानकारी तथा समन्वयका लागि मन्त्रालयले १६६००१७७७७९ नम्बरको कलसेन्टर शुरु गरेका छौँ,’ मन्त्री अधिकारीले भने, ‘रासायनिक मल खरिद प्रक्रिया छोटो हुने गरी खरिद ऐन संशोधनको गृहकार्य थालेका छौँ ।’

उनले कृषि अनुदानमा व्यापक दुरुपयोग भएको गुनासो आएको भन्दै मन्त्रालयले तत्काल अनुदान लिनेहरूको नाम सार्वजनिक गरिने दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?