उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको आरोप

उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको आरोप

अर्थ चौतारी

उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखको संसदमा प्रतिरक्षा गरेकी छन् । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन् । आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए । उनले उपसभामुख मानव तस्करीमा संलग्न रहेको आरोपसमेत लगाएका छन् । रास्वपा सांसद श्रेष्ठले भने पद्दति बसाउने भएर सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।

उनको भनाइ :

‘यो आरोपमा मेरो घोर आपत्ति छ । पहिले बुझौं । पद्धति बनाउने हो भने यही सदनबाट, सडकबाट एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुत्ला जलाएको आमसभा गरेको, यही सदनका मान्छेहरूले होइन ? यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटरप्याडबाट के के निस्केको छ हेरौं । र साँच्चै पद्दति बनाउँ । तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल गर्यो । मानवतस्करीजस्तो ठूलो आरोप तपाईंहरूले यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो । डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो ? त्यो आँट छ ? एउटा महिला जसले यस्तो कठिन समयबाट यो ठाउँमा आउनुभएको छ । उहाँलाई हेप्न नखोज्नुहोला । एक वर्ष अगाडिदेखि पत्र हातमा राखेर बसिरहनुभएको रहेछ, कुन बेला ठोकौं भनेर । ल्याङल्याङ मिडिया ट्रायल गरेर चरित्रहत्या गर्न खोज्ने ? साँच्चै छानबिन गर्ने भए पार्टी तयार छ । संवैधानिक परिषदमा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र एक प्रधानन्यायाधीश छन् । त्यहाँ बहुमत पुर्‍याउनु परेको होला । माग्नुस् न हो माग्नुस् । दिउँला । तर, नैतिकरूपमा चरित्रहत्या नगर्नुस । भएभरको जायजेथा अनाथआश्रममा दिने महिलाको चरित्रहत्या गर्न पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?