काठमाडौं। काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुने छ।
यस प्रतियोगितामा नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ। नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै भुटान भने समूह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ। भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो।
त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ। प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच