काठमाडौं । हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सीखोला हिमपहिरोले थुनिएको थियो ।
मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनेको खोला अहिले बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले भने, "हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ ।"
हिमपहिरो खोँचमा अड्किदा खोला थुनिएको थियो । हिमपहिरो र थुनिएको खोलाबाट जोगाउन किनारका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले भने, "९ घरका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । उहाँहरूको सुरक्षित बासको व्यवस्था मिलाउने काम हुँदैछ ।"

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच