नक्कली शैक्षिक प्रमाणपत्रधारी तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक शाहूविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्रधारी तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक शाहूविरुद्ध मुद्दा दायर

अर्थ चौतारी

नक्कली शैक्षिक प्रमाणपत्रधारी तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक शाहूविरुद्ध मुद्दा ...

A A- A+

काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा लाभ लिएको आरोप लगाएको छ । ल शाहूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शाहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।

शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?