काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने समितिमा सहकारी ठगी प्रकरणमा बयानको लागि पुगेका छन् । सिंहदरबारस्थित् सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा पुगेका हुन् । समितिका सभापति सूर्य थापा छन् ।
उनी बयानको लागि सिंहदरबार पुग्दै गर्दा मिडियाकर्मीहरुले घेरिएका थिए । उनी बयानको लागि समितिमा पुग्दा सोही प्रकरणमा उनीसमेत जोडिएको पूर्व संस्था ग्यालेक्सी टिभीका लगानीकर्ता छविलाल जोशी भने बयान सकेर बाहिरिएका थिए ।
समितिका सभापति थापाकाअनुसार रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेपनि पूर्व तयारीअनुसार नै फाइलसहित समितिको हलमा पुगेका छन् । अहिले बयान सुरु भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच