सुर्खेत । हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल छन्। मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । मल्ल उक्त जिपका मालिक हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच