३० वर्षे सेवा अवधिको विरुद्धमा २१ जना प्रहरी अधिकारीले दायर गरेको रिट न्यायाधीश फुयाँलको इजलासमा

३० वर्षे सेवा अवधिको विरुद्धमा २१ जना प्रहरी अधिकारीले दायर गरेको रिट न्यायाधीश फुयाँलको इजलासमा

अर्थ चौतारी

३० वर्षे सेवा अवधिको विरुद्धमा २१ जना प्रहरी अधिकारीले ...

A A- A+

काठमाडौं, ६ भदौ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिट प्रारम्भिक सुुनुवाइका लागि पेशी तोकिएको छ । वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ञ् जना प्रहरी अधिकारीले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको हो ।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण नेपाल प्रहरीका ९० जना अधिकारीहरु आगामी भदौ १५ गतेदेखि अवकाश जाँदैछन् । उमेर हद बाँकी रहेसम्म प्रहरी सेवामा रहन पाउनुपर्ने भन्दै उनीहरुले रिट दायर गरेका हुन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?