१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से

१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से

अर्थ चौतारी

१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से

A A- A+

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो । 

आज नेप्से २.११ अंकले बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको छ । आज कारोबार पनि करिब १९ अर्बको भएको छ । बिहीबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूहमात्रै बढेको छ भने अन्य बाकी सबै समूह राताम्य रहेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स आज एकै दिन ४.९९ प्रतिशतले बढेर ३९२६.८८ विन्दुमा पुगेको छ । 

आज ३३७ वटा कम्पनीको शेयर २ लाख १४ हजार ३१९ पटक किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?