दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

अर्थ चौतारी

दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

A A- A+

काठमाडौं । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति छ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा पुगेको यो पहिलोपटक हो ।

युक्रेनले कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्त्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेना केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो ।

युक्रेनी सेनाले आइतबार पुलमा गरिएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला ज्वानोएस्थित सेयम नदीमाथिको पुलमा गरिएको बताइएको छ ।

सन् २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुस पूर्वी युक्रेनका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । बीबीसी हिन्दीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?