सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?

अर्थ चौतारी

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको ...

A A- A+

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ सुरू भएकोबारे बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा जिज्ञासा राखेका छन् ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि देशभर अघोषित लोडसेडिङ सुरु भएको गुनासो जनताबाट आउन थालेको बताएका हुन्। पूर्वी नेपाल भ्रमणपछि अधिकांश स्थानमा बत्ती गइरहेको देखिएको उनले उल्लेख गरे ।

‘घिसिङ हटेपछि बत्ती जान थाल्यो’ भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ’, उनले भने, ‘विद्युत् प्राधिकरण घिसिङको कार्यकालमा नाफामा थियो । अहिले घाटामा गएको सुनिँदैछ ।’ किरातीले प्राधिकरणको नयाँ नेतृत्व (हितेन्द्रदेव शाक्य) ले संस्थालाई संकटग्रस्त देखाउनुलाई निजीकरणको पूर्वतयारी त होइन भनेर सरकारसँग प्रश्न पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?