परराष्ट्रमन्त्री राणा आउँदो साता भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री राणा आउँदो साता भारत भ्रमणमा जाने

अर्थ चौतारी

परराष्ट्रमन्त्री राणा आउँदो साता भारत भ्रमणमा जाने

A A- A+

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आउँदो साता भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्भवत: उनी आइतबार भारत प्रस्थान गर्ने गरी तयारी भइरहेको छ ।

“परराष्ट्रमन्त्रीज्यू द्विपक्षीयभन्दा पनि स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुभएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री राणाको तीनदिने भारत भ्रमणको तयारी भइरहेको स्रोत बताउँछ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?