काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी

काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी

अर्थ चौतारी

काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री ...

A A- A+

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कान नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्रीले भण्डारीले वैदेशिक रोजगारीमा जानु अघि श्रमिकलाई पूर्व प्रस्थान तालिम दिने संस्थालाई कारवाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका हुन्।

वैदेशिक रोजगार विभाग र मातहतका निकायबाट गरिएको अनुगमनको क्रममा पढाउँदै नपढाइ हाजिरी मात्रै गरेको देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो। कार्बाही गर्दै उनीहरूलाई निलम्बन गरेको थियो । कारबाहीमा परेकाहरूले कारबाही फुकुवा माग गर्दै उनीहरूले नारा जुलुस गर्दै हिँडेको मन्त्री भण्डारीले बताए। ‘अनुगमनको क्रममा टेबल कुर्सी समेत नरहेको भेटिएको थियो। त्यसपछि हामीले कारबाही गर्यौ। कारवाही गरेपछि स्पष्टीकरणका लागि समेत अवसर दिएका थियौँ। तर, कसैले पनि चित्तबुझ्दो जवाफ दिनुभएन। अहिले नाराबाजी गर्दै हिँड्नुभयो,’ मन्त्री भण्डारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?