भूकम्पले भत्काएको पार्टी मुख्यालय बनाउन बल्ल तात्तियो एमाले, स्रोत परिचालन समिति गठन गर्दै

भूकम्पले भत्काएको पार्टी मुख्यालय बनाउन बल्ल तात्तियो एमाले, स्रोत परिचालन समिति गठन गर्दै

अर्थ चौतारी

भूकम्पले भत्काएको पार्टी मुख्यालय बनाउन बल्ल तात्तियो एमाले, स्रोत ...

A A- A+

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) ले आफ्नो पार्टीको केन्द्रीय मुख्यालय भवन निर्माणको काम थाल्ने तयारी गरेको छ । पार्टीको हिजो बसेको पोलिटब्यूरो बैठकमा यसबारेमा निर्णय भएको हो । बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कार्यालयको भवन निर्माणको काम तत्काल थालिने जानकारी दिएका हुन् ।

उनले भने,‘केन्द्रीय कार्यालय भवन निर्माण गर्ने कुरामा हामीले प्रत्येक पार्टी सदस्यबाट लेबी उठाउँदा एक सय रुपैयाँ थप गरेर संगठित सदस्यबाट उठाएका छौं । अब पार्टी केन्द्रीय कार्यालय भवन निर्माणको लागि स्रोत परिचालन समिति गठन गरेर अघि बढ्ने निर्णय भएको छ ।’

यसअघि संसद् बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो पार्टी कार्यालय बनाउन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले के को देश बनाउने ? भनेर टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?