शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ

शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ

अर्थ चौतारी

शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति ...

A A- A+

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजा ज्ञानेन्द्र शाहले खेलको भूमिका नबिर्सन दलहरूलाई सुझाका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लिङ्देनले शान्ति प्रक्रियामा पूर्वराजाको भूमिका अन्य दलहरूलाई स्मरण गराएका हुन्।लिङ्देनले माओवादीले चलाएको १० वर्षे द्वन्द्व सम्झौताबाट टुंगिएको बताउँदै त्यसको एउटा पक्ष पूर्वराजाहरू भएकाले उनीहरूको भूमिकालाई बिर्सन नहुने जिकिर गरे

शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने उनले तर्क गरे ।यसअघि माओवादी नेता-कार्यकर्ताहरूले पनि शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल पुरस्कार दिइनुपर्ने तर्क गर्दै आएका थिए ।

त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएसँगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहोरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापित गर्नुपर्ने उनको जोड थियो । सबै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा लैजानु उचित हुने उनले बताए । अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई समर्थन गरे पनि यसका प्रक्रियालाई नियालिरहने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?